चितवन– चितवनमा आज बिहान एक व्यक्तिले धारिलो हतियार प्रहार गरी दुई जना बालबालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले खुर्पा प्रहार गरी सात वर्षीया छोरी प्रभा र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजनलाई हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका थिए ।
बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए । गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएको अवस्थामा घटना गराएका बुझिएको प्रहरीले जनाएको छ ।

