निजामती सेवा प्रवेशको उमेर पुरुषको लागि ३५ तोकियो, महिलाको लागि कति ?

काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ ।

विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् ।

उनका अनुसार निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । बढाएको उमेर हद लागु एकरएक वर्ष गरी गरिने छ ।

त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ । आजको समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो ।

विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार