माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मुत्यु

काठमाडौबाट लमजुङको बेसीशहर आउदै गरेको माइक्रोबस र बेसीशहरबाट जादै गरेको स्कुटर तनहुँको नेपालडाँडा नजिकै दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

स्कुटरमा सवार एक जनाको घटनास्थलमै मुत्य भएको छ भने माइक्रोबसमा सवार एक जनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बेसीशहर ८ बस्ने सुरेश श्रेष्ठ र उनको श्रीमती चढेको स्कुटीलाई माइक्रोले तनहुँको कालिमाटी नजिकै नेपालडाडा मा ठक्कर दिदा श्रीमतीको घटना स्थलमै मृत्यु भएको स्थानियले बताएका छन् । सुरेश भने गम्भीर घाइते रहेको बताइएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार