नेपालमा ‘धर्मनिरपेक्षता’ विरुद्ध डा. मनोज कुमार झाको चेतावनी

राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका संयोजक डा. मनोज कुमार झाले ‘धर्मनिरपेक्षता’ लाई राष्ट्रका लागि विनाशकारी भाइरसको संज्ञा दिँदै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार, नेपालमा धर्मनिरपेक्षता लादिएपछि देशको मौलिक पहिचान, संस्कार, संस्कृति, राष्ट्रिय एकता, र स्वाधीनता संकटमा परेको छ। उनले नेपालमा पछिल्ला दशकहरूमा उच्च पदस्थ व्यक्तिहरूमा देखिएको स्वास्थ्य समस्या, समाजमा बढ्दो विकृति, र राजनीतिक अस्थिरतालाई ‘धर्मनिरपेक्षता’ तथा ‘गणतन्त्र’ सँग जोड्दै यसलाई पश्चिमाहरूको ‘षड्यन्त्र’ भएको आरोप लगाए।

डा. झाका दाबीअनुसार, विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO/NGO) हरू, विशेष गरी अमेरिका, युरोपेली राष्ट्रहरू, र अर्बपति जर्ज सोरोसजस्ता व्यक्तिहरूको संलग्नतामा ‘डलर’ को माध्यमबाट नेपालमा धर्मनिरपेक्षताको प्रचार गरिएको छ। उनले USAID, UNDP, WHO, र अन्य संस्थाहरूलाई ‘नेपालको मौलिक पहिचान मेट्न’ प्रयोग भइरहेको आरोप समेत लगाए।

उनले नेपालीहरूलाई आह्वान गर्दै भने, “अब नेपालीहरू जुरुक्क उठ्ने बेला भएको छ। नेपाल आमाको अस्तित्व खतरामा छ। यो भाइरसलाई जरैबाट उखेल्न नसकिए नेपाल इतिहासको कालो पानामा परिणत हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार