काठमाडौं– नेपालमा हालको राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, र आर्थिक स्थितिप्रति असन्तुष्टि जनाउँदै “राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान” का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति ‘विवेक’ (डा. मनोज कुमार झा) ले “शान्तिपूर्ण नागरिक विद्रोह” को आह्वान गरेका छन्।
उनको भनाइमा, हालको राजनीतिक नेतृत्व पूर्ण रूपमा असफल भएको छ, जसका कारण अन्तर्राष्ट्रिय समुदायले समेत नेपालप्रति विश्वास गुमाएको संकेत देखाएको छ। उनले नयाँ नागरिक सरकार गठन र पूर्ण राज्य संरचना सुधार को माग गर्दै सबै नेपाली नागरिकलाई एकजुट हुन अपिल गरेका छन्।
डा. मुक्ति ‘विवेक’ का अनुसार, नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आर्थिक रूपमा गम्भीर रूपमा हेर्न थालेको छ। उनका मुख्य दाबीहरू निम्न छन् –
1. अमेरिकाले नेपाललाई आर्थिक सहायता, अनुदान, र ऋणमा रोक लगाउने औपचारिक घोषणा गरिसकेको छ।
2. Financial Action Task Force (FATF) ले नेपाललाई ‘Grey List’ मा राखेको छ, जसका कारण नेपालको अन्तर्राष्ट्रिय आर्थिक गतिविधिमा कठिनाइ आउने सम्भावना छ।
3. भारतले नेपाल सरकारसँग राजनीतिक तथा कूटनीतिक सम्बन्ध सीमित गरेको छ।
4. चीन र रूसले भारत र अमेरिकाको कदमलाई मौन समर्थन गरेको अनुमान।
डा. मुक्ति ‘विवेक’ ले नागरिकहरूलाई शान्तिपूर्ण तर निर्णायक हस्तक्षेप गर्न आह्वान गर्दै, नयाँ नागरिक सरकार गठन, न्यायिक नागरिक आयोगको स्थापना, र सम्पूर्ण राज्य संरचनाको सुधार आवश्यक रहेको बताएका छन्।

