राष्ट्रिय सभा बैठकमा पानीजहाज सञ्चालनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को पैंसठ्ठीऔं वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार