नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने करिव दुई दर्जन घाइते भएको एक सरकारी अधिकारीले पुष्टि गरेका छन् । पीडितहरू चलिरहेको आध्यात्मिक पर्व महाकुम्भको क्रममा गंगा, यमुना र सरस्वतीका तीन नदीहरूको संगम त्रिवेणी संगममा पवित्र स्नान गर्न उत्तरी राज्य उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने विशेष रेल चढ्न रेलवे स्टेशनमा भेला भएका थिए । रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेलको आगमनको बारेमा भ्रमका कारण भागदौड मच्चिएको थियो । मृतकहरूको शव बरामद गरिएको छ । घाइतेहरूलाई आवश्यक चिकित्सा उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन् ।

