विधेयक टुंग्याउन ढिलाई गर्दा लोकतान्त्रिक पद्धतिले आलोचना भोगिरहेको छः कांँग्रेस महामन्त्री शर्मा

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसदको यही अधिवेशभित्र टुंग्याउनुपर्ने सांसदहरुले बताएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कानून निर्माणमा ढिलाई हुँदा व्यवस्था र सांसदको योग्यतामाथि नै प्रश्न उठ्न थालेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयक टुंग्याउनका लागि छलफलको माध्यमबाट एउटा विधि बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले विधेयक निर्माणका क्रममा आउने विवाद र फरक दृष्टिकोणको सम्बोधनका लागि साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले व्यक्तिगत इन्ट्रेस्टका कुरामा अल्झिए विधेयक टुंग्याउन नसकिने उहाँको भनाइ छ । उहाँले विधेयक निर्माणको काम समयमै नबन्दा सम्बन्धित क्षेत्रका नागरिक र कर्मचारीहरु मारमा परेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार