पाल्पामा १४ सय रुपैयाँ भाडा नदिएको निहुँमा घरबेटी माधव विष्टले डेरावाल रुद्रबहादुर बुढाथोकीको हत्या गरेको आरोप लागेको छ। विवादपछि मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या गरेको खुलेको छ। बुढाथोकी कोठामा मृत भेटिएका थिए। प्रहरीले विष्टलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

