टर्कीका विदेशमन्त्री हाकान फिदानले सोमवार जोर्डनका समकक्षी अयमान सफादीसँग सिरियाको अवस्थाबारे छलफल गर्नुभएको छ । दुई विदेश मन्त्रीहरूले सिरियाको पुनरुत्थानका लागि विशेष गरी यातायात, कृषि र खाद्य सुरक्षाका क्षेत्रमा मार्गचित्र तयार गर्ने उपायहरूबारे छलफल गरेका थिए । टर्कीका विदेश मन्त्रीले डिसेम्बर ८, २०२४ मा सिरियामा बसर अल–असदको सरकारको पतन भएदेखि सफादी र अन्य जोर्डनका अधिकारीहरूसँग नजिकको समन्वय भएको बताउनु भयो । फिदानले इस्लामिक राज्यको पुनरुत्थान रोक्नको लागि आतंकवाद विरोधी प्रयासको महत्वमा जोड दिनुभयो । टर्कीका विदेशमन्त्रीले सिरियाली कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) लाई निशस्त्रीकरण गर्न आफ्नो देशको माग दोहो¥याउनु भयो ।

