टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह

टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियाको पुनर्निर्माण प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय रूपमा आग्रह गरिरहेको बताउनुभएको छ । अनाटोलियन क्षेत्रमा अवस्थित निग्दे प्रान्तमा भएको बैठकमा बोल्दै फिदानले सिरियामाथि लगाइएको प्रतिवन्ध हटाउन र देशलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने टर्किएको जारी प्रयासलाई प्रकाश पार्नुभयो । मन्त्रीले टर्किएले यस क्षेत्र र छिमेकी देशहरूमा शान्ति र स्थायित्व खोजेको बताउनु भयो । आफ्नो विदेश नीति र प्रयासहरू यही लक्ष्यमा केन्द्रित रहेको उहाँको दाबी छ ।

फिदानले युद्धग्रस्त देशको आर्थिक सुधारलाई बढावा दिन व्यापार प्रतिवन्ध र सम्पती फ्रिजसहित सिरियामा लगाइएको प्रतिवन्धहरू हटाउन पनि आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार