टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो

पछिल्लो तथ्याङ्कअनुसार टर्किएले सन् २०२४ मा आफ्नो समुन्द्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोकेको बताएको छ । टर्की कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुन्द्रहरूमा २ हजार ११ अनियमित माइग्रेसन घटनाहरू भएको जनाएको छ । अगस्टमा २४५ मामिलाहरूमा उच्चतम संख्या रिपोर्ट गरिएको बताइएको छ । ४५ आप्रवासीहरूले ज्यान गुमाएका छन् । तथ्याङ्कअनुसार गत वर्ष अवैध आप्रवासी र मानव तस्करी नियन्त्रणका लागि जारी प्रयासअन्तर्गत ४८४ संदिग्ध मानव तस्कर पक्राउ परेका छन् । जुन सन् २०२३ मा भएको १६९ पक्राउको तुलनामा उल्लेख्य वृद्धि भएको छ । टर्किए हुँदै युरोप पुग्ने प्रयास गर्ने आप्रवासीहरूका लागि एजियन सागर महत्वपूर्ण मार्ग भएको छ । राष्ट्रपतिको सञ्चार निर्देशनालयकाअनुसार टर्किएमा हाल ४० लाखभन्दा बढी आप्रवासीहरू छन् । जसमा अधिकांश सिरियाली छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार