टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गर्नुभएको हो । यो कागजात जोन साउरद्वारा दायर गरिएको थियो । जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गर्नुभएको थियो । कागजातमा ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकलाई तत्काल प्रतिवन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने आशा गरेको उल्लेख छ । ट्रम्पले टिकटकलाई संयुक्त राज्यमा सञ्चालन जारी राख्न अनुमति दिनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार