‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने

भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले आगामी चैत ६ र ७ गते भक्तपुरमा ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ ।भक्तपुरका युवा फिल्मकर्मीहरू किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्की लगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवका निर्देशक किरण किलम्बू रहेका छन् ।‘भक्तपुर हाम्रो जन्मथलो पनि हो ।

त्यसैले यहाँको सांस्कृतिक र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेका हौँ,’ किलम्बुले भने । किलम्बु पवलद्यमका निर्देशक पनि हुन् ।२ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ ।

महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ देखि अङ्कित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’ लगायतका फिल्महरू देखाइनेछन् । सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने समापन फिल्म हुनेछ । त्यस्तै, महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ पनि प्रदर्शन हुने भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार