‘नरसिंहाः अवतार’को रिलिज डेट पोस्टपोण्ड

चैत्र २९ गतेबाट रिलिज हुने भनेर चर्चामा रहेको फिल्म ‘नरसिंहाः अवतार’को रिलिज डेट पोस्टपोण्ड भएको छ। हुन त् निर्माण टिमले चैत्र २९ गतेलाई अफिसियल रिलिज मिति भनेर तय भने गरेका थिएनन्।

अभिनेता राजेश हमालको कमब्याक फिल्म भनेर चर्चामा रहेको फिल्मलाई दर्शकले हेर्न अब भने नयाँ रिलिज मिति पर्खनु पर्ने भएको छ। त्यसो त स्रोतका अनुसार फिल्मलाई आगामी बर्ष २०८२को जेठमा रिलिज गर्ने योजना बनाईरहेको जानकारी प्राप्त भएको छ।

एक्सन तथा प्रेम कथामा निर्माण भएको फिल्मलाई दिवाकर भट्टराईले निदेशन गरेका हुन्।

फिल्ममा हमालका अलावा राज कटुवाल, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिसा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार