‘जेरीः अन टप’को विदेश अधिकार महँगो रकममा विक्री

घोषणा देखिनै चर्चामा रहेको फिल्म ‘जेरीः अन टप’ अहिले पनि छायांकन सेटमै रहेको छ। यसैबीच निर्माण टिम विदेश अधिकार महँगो रकममा विक्री भएको जानकारी दिएको छ ।

सरोज न्यौपानेको लगानीमा निर्माण भईरहेको फिल्मलाई अष्ट्रेलिया बाहेकको विदेश अधिकार लालीगुराँस एसोसिएसनले खरिद गरेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार ‘जेरीः अन टप’को ओभरसिज राइट्स महँगो रकममा विक्री भएको हो ।

सुयोग गुरुङले एक्सन कट गरिरहेको फिल्ममा फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मको अहिले सम्म प्रदर्शन मिति तय भईसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार