‘आउटलः दफा २१९’को ४ दिने ग्रस कलेक्सन २ करोड माथि

सुशील श्रेष्ठको दमदार एक्सनले भरिपूर्ण फिल्म ‘आउटलः दफा २१९’को ४ दिने ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। बिहिबार देखि रिलिज भएको फिल्मले दर्शकको पनि राम्रो साथ पाईरहेको छ।

यसैबीच निर्माण टिमले फिल्मको कलेसनको आँकडा सार्वजनिक गरेको हो। विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको लगानी रहेको फिल्मले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको जानकारी फिल्मका टिमको रहेको छ।

एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो फिल्मले न्यायको बिषय उठान गरेको छ । फिल्मको कथावस्तु, प्रस्तुति, मेकिङलाई दर्शकले निकै रुचाएका छन् ।
फिल्ममा सुशील श्रेष्ठमा सुशीलका साथै नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार