‘राम नाम सत्य’मा बिराज भट्ट

म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अभिनेता बिराज भट्टले मुख्य भूमिका निभाउने भएका छन्। १२ गाउँ २को तयारीमा रहेका बिराजले आफ्नो होम प्रोडक्सनको फिल्म छोडेर ‘राम नाम सत्य’मा अभिनय गर्न लागेको खबर सामाजिक सन्जाल मार्फत दिएका हुन्।

०८० माघमा नै घोषणा भएको फिल्म ‘राम नाम सत्य’मा निर्देशक चन्दको पहिलो रोजाई भने समीर भट्ट थिए तर समीरले बलिदान रिलिज अघि कुनैपनि प्रोजेक्टमा साईन नगर्ने भएपछि उक्त फिल्ममा बिराज भट्ट अनुबन्धित भएका हुन्।

फिल्ममा कथा पनि माइकलको नै छ । फिल्मको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ । फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । फिल्ममा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल फिल्मका कार्यकारी निर्माता हुन् ।

यो फिल्मलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो फिल्ममा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए । नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् ।

फिल्मका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माणपक्षको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार