‘जनै हराएको बाहुन’मा अभिनेत्री मिरुना मगरको प्रवेश

अभिनेता बिजय बरालको मुख्य भूमिका रहने फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेत्री मिरुना मगरको प्रवेश भएको छ। फिल्ममा उनको अभिनेता बिजय बरालसँग जोडी बाधिने पक्का भएको छ।

आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुने जानकारी निर्माण टिमको रहेको छ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

निर्माण टिमले जनाए अनुसार फिल्म चैत्रको अन्त्यबाट फ्लोरमा जानेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार