प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल अघि बढाउँदैछ । बुधबार समितिले विधेयकमाथि छलफल राखेको छ । जहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई आमन्त्रण गरिएको छ ।
बैठक समितिको सचिवालय सिंहदरवारमा दिउँसो १ बजे बस्नेछ ।

