नवनिर्वाचित सांसदको पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन भवनमै बस्ने तयारी

प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भइरहेको छ । प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भइरहेको छ ।भाद्र २४ गतेको जेन्जी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ।

जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद् भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ ।संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार