एमालेमा अन्तरघातको सम्भावना बढेको छ । केपी शर्मा ओलीले संचार माध्यममा दिएको अभिव्यक्तिलाई लिएर नेताहरुले आपत्ती जनाउन थालेका छन् । जसको परिणाम फागुन २१ को चुनावमा देखिन सक्ने सम्भावना बढेको हो । निर्वाचन जित्ने आधार भएका उम्मेदवारहरूलाई मात्र टिकट दिइएको भन्दै अध्यक्ष ओलीले केही सञ्चारमाध्यममा योगेश भट्टराईले चुनाव जित्ने आधार नदेखिएको प्रतिक्रिया दिएका थिए । उक्त अभिव्यक्ति प्रति नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
उनले अध्यक्षको कुराबाट चिन्तित दुखी हुदै कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट नलगेको बताएका छन् । अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति नरहेको र विन्दा पाण्डेको कुनै आधार नरहेको भन्दै सोही कारण यसपटक टिकट नदिइएको बताएका थिए । उपमहासचिव भट्टराईले अहिले आफू पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन खटिएको भन्दै आफू विचलित नरहेको बताएपनि अघिल्ला चुनावका ईतिहासलाई हेर्नेहो भने नेतृत्व तहका नेताको यस किसिमको अभिव्यक्तिकै कारण आन्र्तघातको वातावरण बन्ने निस्चित छ ।

