झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् ।उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्न पुगेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्री घोषणा गरेर झापा(५ को उम्मेदवार बनाएको बालेन शाहले आफ्नो संसदीय राजनीतिको सुरूआत मधेसको राजधानी जनकपुरबाट मात्र गरेनन्, मैथली भाषामा भाषण दिएर मधेससँग अपनत्व पनि जाहेर गरेको चर्चाले यतिबेला राजनितिक बृत तातेको छ ।

