कांग्रेस लमजुङमा विशेष महाधिवेशनको पक्षमा बहुमत, ५ प्रतिनिधि मात्रै विपक्षमा

लमजुङ । नेपाली कांग्रेस लमजुङमा विशेष महाधिवेशनको विषयले स्पष्ट ध्रुवीकरण देखिएको छ। कूल २७ जना महाधिवेशन प्रतिनिधिमध्ये २२ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

यो संख्या कूल प्रतिनिधिको ८१ प्रतिशतभन्दा बढी हो। बाँकी ५ जना प्रतिनिधि भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।

यसअघि पार्टी सभापतिसहित लमजुङबाट २८ जना महाधिवेशन प्रतिनिधि रहेकामा दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधनपछि हाल प्रतिनिधि संख्या २७ मा सीमित भएको छ।

विशेष महाधिवेशनको पक्षमा रहनेहरूमा कांग्रेस लमजुङका सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, पूर्वसांसद चन्द्रबहादुर कुँवर र पार्टीका पूर्वसभापति एवं सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला रहेका छन्।

यसअघि विशेष महाधिवेशनको पक्षमा रहेको चर्चा चलेका कृष्णप्रसाद कोइरालाले भने आफू नियमित महाधिवेशनको पक्षमा मात्रै रहेको र विशेष महाधिवेशनको समर्थन नगरेको स्पष्ट पारेका छन्।

कांग्रेसका पूर्वसभापति तुलसीनारायण श्रेष्ठका अनुसार डा. टकराज गुरुङ, चन्द्रबहादुर कुँवर र रामबहादुर गुरुङ बाहेक अन्य सबै प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा छन्। उनका अनुसार पक्षमा उभिने प्रतिनिधिको संख्या २४ रहेको दाबी छ।

समग्रमा हेर्दा लमजुङमा कांग्रेसका अधिकांश महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिँदा पनि जिल्लाको नेतृत्व तह भने अझै विपक्षमै देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार