सुनको मुल्य तोलामा १७ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ७०० ले बढेर एक लाख ९१ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार