नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम १४ अर्ब माथि

आइतबार ७५ अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ। नेप्से १३.६२ अंकले बढेर दुई हजार आठ सय ७६.६६ बिन्दुमा कायम भएको हो।

आज ३०० कम्पनीका तीन करोड १२ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार १३ अर्ब ७३ करोडभन्दा बढीको कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेका छन्। म्युचल फण्ड एक प्रतिशत तथा अन्य समूहको सूचक एक प्रतिशतभन्दा धेरैले उकालो लाग्दा जीवन बिमा, उत्पादन तथा प्रशोधन र निर्जिवन बिमा एक प्रतिशतभन्दा कमले बढेका छन्।

बैंक, होटल तथा पर्यटन र जलविद्युत एक प्रतिशतभन्दा धेरैले घट्दा विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

घटेको बजारमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। दिव्यश्वरी हाइड्रो नौ तथा सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स सात प्रतिशतभन्दा धेरैले बढेका छन्।

यता समाज लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, वाराही हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्स क्रमशः सात र ६ प्रतिशतभन्दा धेरैले घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार