माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र बिजुली उत्पादन गर्ने तालिका,” पिक आवर” मा चलाइने

सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आउँदो पुस १० गतेभित्र बिजुली उत्पादन गर्नेगरी मर्मत–सम्भार तालिका तय गरिएको छ ।

गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना ९हेडवर्क्स० मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायातर्फ रहेको नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० भवन, बालुवा थिग्ग्रयाउने पोखरी ९डिस्यान्डर० र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर मा ठूलो क्षति पुगेको थियो ।

दुई वटा डिस्यान्डरमध्ये बायातर्फको डिस्यान्डरको मर्मत–सम्भार आउँदो पुस १० गतेभित्र सम्पन्न गरी बिजुली उत्पादन शुरू गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ । यसैगरी कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायातर्फको अर्को डिस्यान्डर मर्मत र अहिले सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आउँदो वर्षायाम शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मत–सम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सहितको टोलीले बुधवार आयोजनाको स्थलगत अनुगमन गरी अहिले भइरहेको मर्मत–सम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० गतेभित्र बिजुली उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा बिजुली बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत–सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । बिजुली कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयामा विद्युत् गृह चलाउन नसकेमा आन्तरिक रूपमा बिजुली माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिट्टो विद्युत् गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा बिजुली उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम बिजुली आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मत–सम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो ।

‘आउँदो मार्चसम्म दिउँसो र रातिमात्र भारतबाट बिजुली आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान ९पिक समय० को बिजुली माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमा समेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ’, घिसिङले भन्नुभयो, ‘दायातर्फको डिस्यान्डरको मर्मत–सम्भार आउँदो वर्षायाम शुरू हुनुभन्दा पहिले नै सक्नेगरी काम अगाडि बढाऔँ, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नसकी वर्षायाममा बिजुली खेर पाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत–सम्भारमा लागौँ ।’

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि गएको असोज ११ गते साँझ ७ बजेदेखि बिजुली उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका ९गेट० हरू खुला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

कम्पनीका सीईओ मोहनप्रसाद गौतमले मर्मत–सम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम बिजुली उत्पादन शुरू गर्नेगरी काम भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार