जेलेन्स्कीको निर्णयविरुद्ध किएभमा चर्कियो प्रदर्शन

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने निर्णय गरेपछि देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन सुरु भएको छ। नागरिक समाजका प्रतिनिधि, सांसद तथा युवाहरूले उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार राजधानी किएभसहित अन्य सहरमा प्रदर्शनमा उत्रिएका युवाहरूले राष्ट्रपति जेलेन्स्कीको निर्णयको विरोध गर्दै विभिन्न नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले ‘फेडोरोभलाई नहटाऊ’, ‘जितको अभियानमा अवरोध नगर’ र ‘लाज मान’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सेवा (एसबियु) का कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्री नियुक्त गर्ने प्रस्ताव अघि सारेका छन्।

आफ्नो निर्णयको बचाउ गर्दै जेलेन्स्कीले खमारासँग आधुनिक तथा प्राविधिक युद्ध सञ्चालनको व्यापक र धेरै हिसाबले अभूतपूर्व अनुभव रहेको बताएका छन्। उनले वर्तमान परिस्थितिमा त्यस्तो अनुभव रक्षा मन्त्रालयको नेतृत्वका लागि आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार