कैलाली । कैलालीको गोदावरीबाट चरेस सहित एक महिला पक्राउ परेकी छिन ।
गोदावरी नगरपालिका–९ बाट अवैध लागूऔषध चरेस १७२ ग्राम ९३ मिलिग्राम र डिजिटल काँटा तान–१ सहित स्थानीय ३५ वर्षकी पार्वती गुरधामी पक्राउ परेकी हुन्।
उनलाई बिहिवार घरबाटै विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको सयूक्त प्रहरीले पक्राउ गरेको थियो ।

