काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेकी छन्।
भेटका अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी जिम्मेवारी तथा भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटवार्तामा नेपाल–फ्रान्स सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

