मिटरब्याज पीडितसँगको वार्तालाई प्रभावकारी बनाउन वार्ता टोली गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितसँगको वार्तालाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। टोलीमा अर्थ, गृह, भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयका सह–सचिव सदस्य रहनेछन्।

उता, मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले पनि अवधेश कुशवाहाको नेतृत्वमा आफ्नै वार्ता टोली बनाएको छ। दुवै पक्षबीच चार चरणको वार्ता भए पनि ६ बुँदे सहमतिलाई लिखित रूपमा कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न सकेको छैन। आन्दोलनरत पक्षले लिखित सहमति नभएसम्म पैदल न्याय मार्च जारी रहने जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार