अस्थायी र करार कर्मचारीको आन्दोलन जारी

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी व्यवस्थापनको नीति अघि बढाएपछि त्यसबाट प्रभावित हुने कर्मचारीहरू सिंहदरबारभित्रै आन्दोलनमा उत्रिएका छन्।

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षदेखि अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारी व्यवस्थापनसम्बन्धी नीति कार्यान्वयनको तयारी अघि बढाएपछि त्यसबाट प्रभावित कर्मचारीहरूले सिंहदरबारभित्र विरोध प्रदर्शन गरेका छन्। मंगलबार अर्थ मन्त्रालय परिसरमा धर्ना दिएका उनीहरू बुधबार काम बन्द गरी सिंहदरबारभित्रै भेला भएर आन्दोलनमा उत्रिएका हुन्।

सरकारले प्रशासनिक खर्च नियन्त्रण र मितव्ययिता अपनाउने नीतिअन्तर्गत अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत जनशक्तिको व्यवस्थापन गर्ने तयारी गरेसँगै कर्मचारीहरूले त्यसको विरोध जनाएका हुन्। आन्दोलनरत कर्मचारीहरूले उक्त निर्णय कार्यान्वयन भए तीनै तहका सरकारअन्तर्गत कार्यरत ठुलो संख्यामा कर्मचारी सेवाबाट बाहिरिनुपर्ने अवस्था आउने बताएका छन्।

प्रारम्भिक विवरणअनुसार हाल संघीय सरकारअन्तर्गत करिब १४ हजार, प्रदेश सरकारअन्तर्गत करिब ८ हजार र स्थानीय तहअन्तर्गत करिब ३५ हजार गरी झण्डै ५७ हजार अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत यस्तै प्रकृतिका कर्मचारीलाई समेत समेट्दा प्रभावित हुने संख्या अझ बढी हुन सक्ने कर्मचारीहरूको दाबी छ।

सम्बन्धित समाचार

ताजा समाचार