अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबारको मुख्य प्रवेशद्वार तथा निषेधित क्षेत्रमा बुधबार प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीसहित निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटीका सदस्य सिरिस बुढाथोकी रहेका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन र नाराबाजी गर्न खोजेपछि उनीहरूलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार