कांग्रेसका सभापति थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शंकास्पद अवस्थामा एउटा गाडी पार्किङ गरिएको पाइएको छ।

स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी बिहान करिब ७ बजेदेखि घर अगाडि राखिएको थियो। गाडी यसरी पार्क गरिएको थियो कि आसपासबाट मोटरसाइकलसमेत आवतजावत गर्न कठिन भएको थियो।

स्थानीयले चालकले गाडी छाडेर प्रहरीको सवारी साधन प्रयोग गरी त्यहाँबाट गएको बताएका छन्। प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि सोमबार बिहानदेखि नै काठमाडौंका विभिन्न स्थानमा यस्तै प्रकृतिका शंकास्पद गाडीहरू फेला परेका थिए। अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको पाइएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार