कैलाली । चोरी मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका–२ निवासी सुरेश चौधरी र जोगलाल चौधरीलाई विहिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुरेश चौधरीलाई चोरी मुद्दामा ३ महिना कैद सजाय र ७ हजार रुपैयाँ जरिवाना तथा जोगलाल चौधरीलाई सोही मुद्दामा ४ महिना १५ दिन कैद सजाय र १० हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो।
फैसला कार्यान्वयनको सिलसिलामा दुवै प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

