काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेबाट बैठक सुरू हुनेछ।
छलफलमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् । बैठकले काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने जनाइएको छ । खड्काले हालैमात्रै संस्थापन पक्षलाई ७ बुँदे जवाफ फर्काएका थिए । त्यसबारेमा पनि छलफल हुने जनाइएको छ ।
यसअघि इतर पक्षले सातवटै प्रदेशमा भेला राखेको थियो । हिजो विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा। शशाङ्क कोइरालाबीच पनि बेग्लै छलफल भएको थियो ।

