कांग्रेस विधानको व्यवस्था पालना गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तोकिएको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन गर्न विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रीय कार्यसमितिको गत २०८२ साल चैत ११ गतेको निर्णयअनुसार कांग्रेसको पन्ध्रौँ महाधिवेशनका सन्दर्भमा नेपाली जनसम्पर्क समितिको महाधिवेशन आगामी २०८३ साल साउन मसान्तभित्र गर्ने मिति तय भएको छ ।

सो सम्बन्धमा केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्र भएअनुसार नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा १४ मा ‘जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा हुनुपर्नेछ’ भन्ने स्पष्ट व्यवस्था गरिएको सदस्य सचिव कटुवालले जानकारी दिएका छन् ।

उहाँका अनुसार महाधिवेशनसम्बन्धी विवरण समयमै केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउन तथा समितिले तोकेको प्रतिनिधिको अनिवार्य उपस्थितिमा मात्र महाधिवेशन सञ्चालन गर्न गराउन सबै जनसम्पर्क समितिलाई परिपत्र गर्ने निर्णय भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार