सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर बालिकाको मृत्यु

कैलाली । कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया शशिका मल्ल केसीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका–७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । उनी निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार