शेयर बजार परिसूचक नेप्से आज पनि घट्यो

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । अघिल्लो साता प्रायः पूरै कारोबार दिन ऋणात्मक भएको नेप्से सूचक यो साताको पहिलो कारोबार दिन सोमबार थप साढे १६ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक १६.५६ अंकले घट्दै २ हजार ६३३.९६ अंकमा झरेको छ । उसो त आज कारोबारसमेत घटेर जम्मा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको ७६ लाख ९९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

यस दिन १३ वटै उपसूचक ऋणात्मक बनेका छन् । २४० कम्पनीको शेयर मूल्य घट्दा जम्मा २९ वटाको मात्र केही बढेको छ ।

तथापि, टक्सार पिकुखोला हाइड्रोपावर, एम्बलिङ हाइड्रोपावर, स्नो रिफर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समान १४।९९ प्रतिशतले बढेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार