अछाम । अछाममा आँप टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
साफेबगर नगरपालिका– १ ठेगालगाउँका ६० वर्षीय नबिन्द्र राज जोशीको घर नजिकै रहेको आँपको रुखबाट आँप टिप्ने क्रममा लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रुखबाट लडेर गम्भिर घाईते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा आईतबार साँझ मृत घोषणा गरेका थिए ।

