एमाले पुनर्संरचनाका लागि युवाको स्वतन्त्र सर्वेक्षण अभियान

काठमाडौं । नेकपा एमालेभित्रका केही युवाहरूले पार्टीको पुनर्संरचना र नेतृत्वबारे सदस्य तथा समर्थकको धारणा बुझ्न स्वतन्त्र मत सर्वेक्षण अभियान सञ्चालन गरेका छन्।

उनीहरूका अनुसार पार्टीले गठन गरेको पुनर्गठन कार्यदलले सीमित नेताहरूको सुझावमा मात्र ध्यान दिएको महसुस भएपछि व्यापक धारणा संकलन गर्ने उद्देश्यले यो पहल गरिएको हो।

सर्वेक्षणमा पार्टीको विभिन्न तहका कमिटीबाट कसलाई नेतृत्वमा अघि बढाउन उपयुक्त हुन्छ, समयअघि महाधिवेशन आवश्यक छ कि छैन, लगायत संगठनात्मक सुधारसँग सम्बन्धित विविध विषय समेटिएका छन्।

अभियानमा संलग्न युवाहरूले एमालेको रूपान्तरण, पुनर्संरचना र पुस्तान्तरणलाई केवल राजनीतिक नारा नभई राष्ट्रियता, स्वाधीनता र देशको समृद्धिसँग प्रत्यक्ष जोडिएको प्रक्रिया भएको बताएका छन्।

उनीहरूको धारणा अनुसार पार्टीभित्र समयानुकूल परिवर्तन र नयाँ पुस्तालाई नेतृत्वमा अवसर प्रदान गर्न सके मात्र कम्युनिस्ट आन्दोलनले सामना गरिरहेको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिनेछ।

सम्बन्धित समाचार

ताजा समाचार