रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य निर्वाचन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा अहिलेसम्म २,९३० मत खसेको छ। मतदान मध्यरातपछि सुरु भएको हो र करिब ३५–४० प्रतिनिधिले मात्रै मतदान गर्न बाँकी रहेको निर्वाचन व्यवस्थापन पक्षले जनाएको छ।

९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ। पार्टी विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिनेछन्।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यको नतिजापछि ८ पदाधिकारी चयनका लागि अर्को चरणको निर्वाचन हुनेछ।

प्रतिनिधिको नामावली टुंगिन ढिलाइ हुँदा मतदान तालिका प्रभावित भएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार