‘नो भोटको धज्जी’ उडाइएको रास्वपा सांसद् खत्रीको टिप्पणी

काठमाडौं । रास्वपा सांसद् राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् ।

आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका हुन् ।

२१ फागुनको निर्वाचनमा भक्तपुर २ बाट प्रतिनिधि सभा सांसद चुनिएका खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ ।’

चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान व्यवस्थापनप्रति असन्तुष्टि जनाउने सांसद खत्री एक्ला भने होइनन् ।

केन्द्रीय सदस्यका उम्मेदवार यदु कुमार गिरीले पनि असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्, ‘हामी नयाँहरूले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाउ लडियो ।’

सम्बन्धित समाचार

ताजा समाचार