रास्वपा उपसभापतिमा लिमा अधिकारीको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा लिमा अधिकारीले दाबी गरेकी छन् । वर्तमान पार्टी कोषाध्यक्ष रहेकी अधिकारीले महिला उपसभापतिमा दाबी गरेकी हुन् । रास्वपामा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाइने व्यवस्था भए पनि महिला उपसभापति पदका लागि अधिकारीको नाम चर्चामा आइरहेको हो ।

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री स्व. भरतमोहन अधिकारीकी छोरी लिमा रास्वपा स्थापनाकालदेखि नै संगठन निर्माण, आर्थिक व्यवस्थापन तथा नीति निर्माणमा सक्रिय रहँदै आएकी छन् । कोषाध्यक्षका रूपमा उनले पार्टीको आर्थिक अनुशासन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

संसदमा उनले आर्थिक सुधार, वित्तीय सुशासन, निजीक्षेत्रको सहभागिता र उत्पादनमुखी अर्थतन्त्र विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन् । बजेट प्रणाली सुधार, नीतिगत भ्रष्टाचार नियन्त्रण तथा अवैध सम्पत्ति नियन्त्रणजस्ता विषयमा पनि उनले संसद्मा धारणा राख्दै आएकी छन् ।

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाह चयन हुने निश्चित छ ।

सम्बन्धित समाचार

ताजा समाचार