चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह शाह चितवन पुगेका छन्। रास्वपा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका हुन् ।
चितवनको नारायणगढस्थित औद्योगिक प्रदर्शनी स्थलमा आयोजना भइरहेको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आइपुग्दा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
रास्वपाकै नेतृत्वमा सरकार गठन भएपछि हुन लागेको यो पहिलो महाधिवेशन भएकाले प्रधानमन्त्री शाहको उपस्थितिलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

