फिफा विश्वकपः इक्वेडर र कुरासाओबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकपमा इक्वेडर र कुरासाओबीचको खेल बराबरीमा टुंगिएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको इक्वेडर र कुरासाओबीचको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

खेल बराबरी भएर अंक बाँड्न बाध्य हुँदा दुवै टोलीका लागि नकाउट चरण कठिन बनेको छ । आजै भएको समूह ‘ई’को खेलमा जर्मनी भने आइभरी कोस्टलाई पराजित गर्दै नकाउटमा प्रवेश गरेको छ ।

समूह ‘ई’मा जर्मनी, आइभरी कोस्ट, कुरासओ र इक्वेडर छन् ।

सम्बन्धित समाचार

ताजा समाचार