अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियनले सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुवैले डिजिटल माध्यमबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।

ट्रम्प जी- ७ राष्ट्रहरूको सम्मेलनका लागि फ्रान्समा छन्। प्यालेस अफ भर्साइल्समा फ्रान्सका राष्ट्रपति इमानुएलसँग रात्रीभोजको केही अगाडि ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

भर्साइल्स दरबारमै प्रथम विश्वयुद्ध औपचारिक रूपमा अन्त्य गर्ने सन्धीमा हस्ताक्षर भएको थियो। ट्रम्प र पेजेस्कियनले युद्ध तत्काल अन्त्य गरी विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज तत्कालै खोल्ने समझदारी ९एमओयु०मा हस्ताक्षर भएको भनेर अर्को अमेरिकी अनलाइन एक्सियसले पनि लेखेको छ। ट्रम्पले आफैले पनि सम्झौतामा हस्ताक्षर गरेको पुष्टि गरेका छन्।

हस्ताक्षरपछि ती सहमतिहरू तत्काल कार्यान्वयनमा आएको पनि दाबी गरिएको छ। यसअघि सम्झौतामा हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डमा गर्ने तयारी थियो। तर दुवै पक्षबीच प्रक्रिया छिटो अघि बढाएर शुक्रबारअघि नै स्ट्रेट अफ हर्मुज खोल्ने विषयमा छलफल भएको थियो।

कूटनीतिक स्रोतका अनुसार दुवै पक्ष स्ट्रेट अफ हर्मुज पुनः खोल्न सहमत भइसकेकाले समयअघि नै सम्झौता कार्यान्वयन गर्ने प्रयास भएको हो।

सम्बन्धित समाचार

ताजा समाचार