बागमती सरकारले ६६ अर्बको बजेट ल्याउँदै

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले बजेटलाई स्वीकृति दिइसकेको छ। स्वीकृतिपछि प्रदेशसभामा बजेट प्रस्तुत गरिनेछ।

सरकारले यस वर्षको बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। सडक, पुल तथा अन्य विकास निर्माणका योजनामा बढी लगानी गर्ने लक्ष्यसहित बजेट तयार गरिएको हो।

गत आर्थिक वर्ष २०८२र८३ मा बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो भने यसपटक बजेटको आकार केही घटाइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार