रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त पाँच मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले उनीहरूलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य ले सरकार विस्तार गर्दै नेकपा (एमाले) का चार जना र जनता समाजवादी पार्टी (जसपा) का एक जनालाई मन्त्री नियुक्त गरेका थिए।
नवनियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री तथा भण्डारीलाल अहिर रहेका छन्।
सरकारले चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, घिमिरेलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ।
यससँगै लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरूको नयाँ जिम्मेवारी बाँडफाँट औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

