काठमाडौं । ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ । लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर उक्त पुस्तक सार्वजनिक गरिएको हो । आईतबार काठमाडौंमा पुुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरुलाई पनि नभएका अनुभुति भएको बताए । उनले केही फ्रान्सेलीहरुले काठमाडौंदेखि हिँडेर धनकुटासम्म पुगेको पाईएको पनि बताएका छन् ।
लेखक सापकोटाले भने,‘नेपालको हिमाल, पहाड, तराईको म टुरिष्ट गाईड पनि हुँ म । तर मैले यो किताव लेख्दा थाहा पाएँ–फ्रान्सेलीहरुसँग जे सुन नि । नेपालको बारेमा त मलाई दश प्रतिशत पनि थाहा रहेनछ भन्ने मलाई थाहा भयो । त्यति धेरै कुरा सिके मैले त्यो नेपालबाट । यहाँको हावापानी, यहाँको धरातल, यहाँको म्युजिक सिष्टम । यहाँ कोही कोही मान्छेहरु, यो कितावको पात्र नै कस्तो हुुनु्हुन्छ भने काठमाडौंदेखि हिँडेर, हिले धनकुटा पुग्नुभएको छ । काठमाडौंबाट पोखरा, पाल्पा हुँदै हिँडेर दाङ पुग्नुभएको छ ।’
पुस्तकमा नेपाल र फ्रान्सबीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ । अन्तर्वार्तामा आधारितः विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा उतारिएको हो । उक्त पुस्तक फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित गरिएको हो ।

